पत्नीको गुनासोपछि श्रीमान्ले बनाए ३ सय ६० डिग्री घुम्ने घर
पत्नीले एउटै दृश्यलाई फरक–फरक कोणबाट हेर्ने इच्छा गरेपछि एक श्रीमान्ले ३ सय ६० डिग्री घुम्ने घर बनाएका छन् । यो अनौठो घर उत्तरी बोस्नियाको सर्बेक सहर नजिकैको एक मैदानमा छ । ‘हामीले पटक–पटक घर पुनर्निर्माण गरिसकेका थियौँ र श्रीमतीको गुनासोले पनि मलाई थकित बनाइसकेको थियो,’ ७२ वर्षीया कुसिकले भने,‘त्यसपछि मैले पत्नीलाई भनेँ । म एउटा त्यस्तो घुम्ने घर बनाउँछु । जसलाई तिमीले इच्छाअनुसार घुमाउन सक्छौ ।’
अहिले सात मिटर क्षेत्रफलमा यो घर चारैतर्फ घुम्छ । यसमा बसेर मकैबारीदेखि जंगलसम्मले आफ्नो रूप बदलेको पल नियाल्न सकिन्छ । कुसिक भन्छन्,‘सबैभन्दा ढिला हुँदा यो घरले २४ घण्टामा एकपटक फन्को मार्छ । तर, गति तेज राखिएका बेला यसले २२ सेकेन्डमै फन्को मार्छ ।’
नयाँ घरलाई लिएर कुसिककी पत्नीले कुनै टिप्पणी भने गर्न चाहेकी छैनन् । निकोला टेस्ला र मिहाजलो पुपिनबाट प्रेरणा लिएर आफूले यो घर बनाएको कुसिकले बताएका छन् । ‘गरिब परिवारमा जन्मिएका कारण मैले राम्रो शिक्षा लिन पाइनँ । त्यसैले आफैँ केही गर्दै सिक्नुको विकल्प थिएन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी