बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरका किस्सा : काँग्रेसको प्रतिबन्धदेखि निर्देशकसँग अनौठो मागसम्म

बुधबार, २७ असोज २०७८, १० : ४३
बुधबार, २७ असोज २०७८

चर्चित गायक तथा अभिनेता किशोर कुमारको निधन भएको ३४ वर्ष पुगेको छ । १३ अक्टोबर १९८७ मा ५८ वर्षको उमेरमा मुम्बईमा उनको निधन भएको थियो । जति सुन्दर उनको आवाज थियो, त्यतिनै रोचक उनको जीवन थियो । यहाँ उनको जीवनका केही रोचक किस्साहरु प्रस्तुत गरिएको छ :

काँग्रेसले गरेको थियो प्रतिबन्ध
यो ८० को दशकको कुरा हो, जब भारतमा आपत्काल लागू गरिएको थियो । त्यही दौरान काँग्रेसले किशोर कुमारलाई एक गीत गाउन आग्रह गरेको थियो । तर, उनले त्यसलाई अस्वीकार गरे । यसबाट रुष्ट बनेको काँग्रेसले अल इन्डिया रेडियोमा किशोर कुमारको गीतमाथि प्रतिबन्ध नै लगाएको थियो । उनीमाथि प्रतिबन्ध लगाउने काँग्रेस नेता विद्याचरण शुक्लको पछि नक्सली हमलामा मृत्यु भयो ।

बीआर चोपडासामु राखे अनौठो शर्त
किशोर कुमारको ‘विनोदी’ स्वभावको शिकार एक बार चर्चित फिल्म निर्माता बलदेव राज चोपडा पनि भएका थिए । किशोरका भाई अशोक कुमार र बीआर चोपडा सुरुदेखि नै मित्र थिए । तर जब पारिवारिक सम्बन्धबीच किशोरले चोपडासँग काम माग्न गए, तब उनले केही शर्तहरु राखेका थिए । त्यसपछि किशोरले ‘आज मेरो खराब समय चलिरहेको छ, त्यसैले तपाईंले शर्त राखिराख्नु भएको छ, जब मेरो समय आउनेछ, तब म पनि शर्त राख्नेछु’ भनेका थिए ।

यो कुरालाई बाँकी सबैले बिर्सिसकेका थिए । तर, किशोरले भने कहिल्यै बिर्सेनन् । धेरै पछि जब बीआर चोपडाले उनीसँग आफ्नो प्रोजेक्टमा कामद गर्नका लागि आग्रह गरे, किशोरले शर्त राखे कि बीआरले धोती लगाएर, खुट्टामा मोजा र जुत्ता लगाएर आउनुपर्ने शर्त राखे । ‘मलाई साइन गर्ने हो भने पान खाएर आउनुहोला । त्यो पनि र्‍याल चुहाउँदै जसले तपाईंको मुख रातो देखियोस् । रोचक कुरा, त्यतिबेला चोपडा पान पनि खाँदैन थिए, धोती पनि लगाउँदैन थिए ।

जब ऋषिकेश मुखर्जीलाई गार्डले भगाएका थिए
एकपटक एक प्रोजेक्टका लागि चर्चित निर्देशक किशोर कुमारसँग भेट्न उनको घर गएका थिए । तर, गार्डले उनलाई प्रवेश गर्नै दिएनन् र बेइज्जत गरेर भगाएका थिए । यो एक उल्झनको कारण भएको थियो ।
किशोरले एक बंगाली अर्गनाइजरका लागि शो गरेका थिए । जसमा उनलाई पैसा दिइएन । रिसाएका किशोरले आफ्नो गार्डलाई कुनै ‘बंगाली बाबु’ आए भने भित्र आउन नदिन निर्देशन दिएका थिए । उता ऋषिकेष मुखर्जी पनि बंगाली नै थिए । गार्डले उनलाई अर्गनाइजर ठानेर भगाएका थिए ।

किशोर कुमारबाट सावधान
मानिसहरुले घरमा ‘कुकुरदेखि सावधान’ को बोर्ड लगाउँछन् । तर, किशोर कुमारले आफ्नो घरबाहिर ‘किशोर कुमारदेखि सावधान’ को बोर्ड लगाएका थिए । एक पटक निर्माता–निर्देशक एचएस रवैल उनलाई पैसा दिन घर गएका थिए । पैसा दिएपछि उनले हात मिलाउन थालेपछि किशोर कुमारले उनको हात टोकेका थिए । रवैल तर्सिएपछि किशोरले भने, ‘तपाईंले साइनबोर्ड हेर्नुभएन ?’

सिन सकिएपछि पनि घण्टौँ कारमा 
किशोर कुमारको अनौठो क्रियाकलापबाट आजित एक निर्देशकले अदालतको मद्दत मागेका थिए । त्यसपछि शुटिङका दौरान किशोरले भनेको कुरा नमाने मुद्दा चलाउन पाउने सम्झौता गरे । त्यसपछि किशोर समयमा नै सेटमा पुगेर निर्देशकले भनेको मान्न थाले । एक सिनका दौरान निर्देशकले मैले कारबाट निस्किन भनेको छैन भनेपछि उनले घण्टौँ त्यही कारमा बिताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप