आर्यनको जमानतमाथि आज पुनः सुनुवाई, शाहरुखले चर्चित वकिललाई छोराको मुद्दा हेर्न लगाए
शाहरुख खानका छोरा आर्यन खानको जमानतको निवेदनमा आज मुम्बईकामे सेसन्स कोर्टमा सुनुवाई हुनेछ । क्रुज ड्रग्स पार्टी मामिलामा आर्यन १४ दिनको न्यायिक हिरासतमा छन्, उनलाई आर्थर रोड जेलमा राखिएको छ । शाहरुखले आर्यनका लागि मुम्बईका चर्चित वकिल अमित देसाईलाई नियुक्त गरेका छन् । उनी सतिश मानसिन्देसँग मिलेर यो केसको पैरवी गर्नेछन् । स्मरण रहोस्, देसाइले सन् २००२ मा सलमान खानलाई हिट एण्ड रन केसमा जमानत दिलाएका थिए ।
अर्कोतर्फ आर्यनलाई पक्राउ गर्ने नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आज साढे ११ मा अदालतमा आफ्नो जवाफ पेश गर्नेछ । त्यसपछि आर्यनको जमानतमाथि सुनुवाई खाजा ब्रेकपछि अर्थात् दिउँसो करिब ३ बजेतिर हुनेछ । स्रमण रहोस्, यसअघि आर्यनको जमानतको निवेदन मेट्रोपोलिटन मजिस्ट्रेट कोर्ट अर्थात् किला कोर्टले खारेज गरिसकेको छ । क्रुज ड्रग्स पार्टी केसमा एनसीबीले आर्यनसमेत २० जनालाई पक्राउ गरेको छ । यसमा दुई विदेशी नागरिक पनि समावेश छन् ।
एनसीबीले जमानतको विरोध गर्नेछः
११ अक्टोबरमा भएको सुनुवाईको क्रममा एनसीबीले अदालतसमक्ष एक हप्ताको समय माग गरेको थियो । अदालतले एनसीबीलाई बुधबार अर्थात् आजसम्मको समय दिएको थियो । स्रोतका अनुसार एनसीबीले यो केसमा पक्राउ परेका केही अन्य आरोपीको अगाडि आर्यनलाई बसाएर सोधपुछ गर्नुपर्छ भन्दै आर्यनको जमानतको विरोध गर्नेछ ।
जेलमा आर्यनको छैटौं दिनः
एनसीबीले गोवा जाँदै गरेको कार्डिलिया क्रुजमा छापामारीपश्चात् ३ अक्टोबरमा आर्यनलाई पक्राउ गरेको थियो । अदालतले न्यायिक हिरासतमा पठाएपछि उनी ८ अक्टोबरदेखि आर्थर रोड जेलमा छन् । एनसीबीले आर्यनबाट कुनै ड्रग्स भेटेको थिएन तर आर्यनले सोधपुछमा शौखको रुपमा आफूले ड्रग्स लिने गरेको स्वीकारेका थिए । उनका साथी अरबाज मर्चेन्टले जुत्तामा चरेस लुकाएको कुरा पनि सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा