शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘यो माया कस्तो माया’को टाइटल गीत सार्वजनिक

बुधबार, २७ असोज २०७८, ११ : ५६
बुधबार, २७ असोज २०७८

काठमाडौँ । फिल्म ‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । फूलपातीको अवसर पारेर निर्माण युनिटले गीत सार्वजनिक गरेका हुन् । ​तुलशा शर्मा र सुरेश लामाको स्वर, अर्जुन पोखरेलको संगीत रहेको गीत दिवस धिताल, सभ्यता गिरी माथि फिचरिङ गरिएको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रेमकथामा निर्माण भएको फिल्ममा दिवस र सभ्याता नै मुख्य भूमिकामा छन् । किशन पोखरेलको निर्देशन रहेको फिल्मलाई इन्द्र रजक, संवृद्धि श्रेष्ठ, विशाल गुरुङ, कमल चन्द्र पोखरेल, करण थापा, बाबु गौतम लगायतले मिलेर बनाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप