शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार

बुधबार, २७ असोज २०७८, १३ : ०७
बुधबार, २७ असोज २०७८

अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ । भोजमाण्डू फूड प्रालिका कार्यकारी अध्यक्ष सुनिल यादवका अनुसार विजयादशमीको शुभ अवसर पारेर भोजमाण्डूको सेवा असोज २९ गतेबाट वीरगञ्जमा समेत सुरु हुनेछ । 'वीरगञ्ज केन्द्रीत रहेर हामीले बजारीकरणको सबै काम सकिसकेका छौँ ।' यादवले भने-'वीरगञ्ज बजार क्षेत्रमा अर्डर आएको २५ देखि ४५ मिनेटभित्र डेलिभरी गर्ने मुख्य योजना रहेको छ र  तातो र छिटो खाना, खाजा पुर्‍याउन हामी कटिबद्ध छौँ ।' 

भोजमाण्डूले पेमेन्टका लागि खल्ती एपसँग सहकार्य गरेको छ । खल्तीबाट पेमेन्ट गर्नेले ५० रुपैयाँ क्यासब्याक र १० प्रतिशतसम्म छुटको अफर समेत भोजमाण्डूले सार्वजनिक गरेको छ । यस्तै, भोजमाण्डू एप डाउनलोन गर्दा समेत रु. ५० अतिरिक्त लाभ पाइन सकिनेछ ।  यस्तै, वीरगञ्जमा सेवा प्रारम्भ गरेको अवसरमा भोजमाण्डूले वीरगञ्ज क्षेत्रका होटल तथा रेष्टुराँहरुलाई समेत विशेष छुटको घोषणा गरेको छ । सेवा सुरु भएदेखि ३० दिनसम्म आफूहरूले कुनै कमिसन नलिने यादवले जानकारी दिए । भोजमाण्डू सन् २०१९ अप्रिलदेखि सञ्चालनमा आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप