बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा घरमै बनाउने होइन त ककटेल र मकटेल ? (भिडियो)

बुधबार, २७ असोज २०७८, १४ : १०
बुधबार, २७ असोज २०७८

दसैँ मेलमिलापको चाड हो । साथीभाइसँग भेटघाट, जमघट, रमाइलो गर्ने भनेर नै मानिसहरू दसैँ कुरेर बसेका हुन्छन् । रमाइलो गर्ने उद्देश्यसहित भेटघाटका क्रममा मानिसहरू विभिन्न पेय पदार्थका साथै मद्यपान पनि गर्ने गर्छन् । कतिले पारम्परिक रूपमा नै यस्ता पेय पदार्थ पिइरहेका हुन्छन् भने कोही यसमा नौलो स्वाद थप्न पनि चाहन्छन् । यस्तै मानिसहरूका लागि घरमा नै ककटेल, मकटेल बनाउने सक्ने सजिलो विधि यहाँ बताइएको छ ।  यसका लागि रातोपाटी बोजिनी नगरकोट रिसोर्ट पुगेको थियो । यहाँका बार स्पेसलिस्ट सुरेन्द्र अधिकारीले ककटेल र मकटेल बनाउने तरिका सिकाएका छन् । 

अधिकारीले यहाँ पाँच थरीका ककटेल र मकटेल बनाउने विधि सिकाएका छन् जसमा मोइतो, सिन्ड्रेला मकटेल, फ्लेमिङ लेम्बोर्गिनी, एस्प्रेसो मार्टिनो रहेका छन् । उनले बोजिनीको विशेष पेय पदार्थ बोजिनी सनसेट मकटेल बनाउने विधि निकै सहज तरिकाले सिकाएका छन् । यी ककटेल र मकटेल बनाउनका लागि आवश्यक पर्ने सामग्री बजारमा निकै सहज रूपमा पाउन सकिन्छ । हामीलाई थाहा भइरहेकै सामग्रीलाई कति मात्रामा कतिबेला र कसरी हाल्ने भनेर थाहा पाएपछि निकै स्वादिलो ककटेल, मकटेल बनाउन सकिन्छ । यहाँ सिकाइएका विधि अपनाएर घरमा आएका पाहुनालगायत साथीभाइलाई खुवाउन सक्नुहुन्छ ।

बोजिनी सनसेट

​सिन्ड्रेला मकटेल

​फ्लेमिङ लेम्बोर्गिनी

​एस्प्रेसो मार्टिनो

​दसैँ विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप