बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनसीबीले भन्यो, ‘आर्यनसँग ड्रग्स थिएन तरपनि उनी षड्यन्त्रमा संलग्न छन्’

बुधबार, २७ असोज २०७८, १४ : ४४
बुधबार, २७ असोज २०७८

शाहरुख खानका छोरा आर्यन खानको जमानतमा अदालतमा आज सुनुवाई हुँदैछ । आर्यन खानका वकिल अमित देसाई, सतिश मानशिन्दे र शाहरुख खानकी म्यानेजर पूजा ददलानी अदालतमा लामो समयदेखि छन् । अब एनसीबीले पनि आर्यन खान र मुनमुन धमेचाको जमानत याचिकामा आफ्नो जवाफ राखेका छन् ।

एनसीबीले रिमान्डमा यो केसमा एक आरोपीको भूमिकालाई अर्कोमार्फत् बुझ्न नसकिने बताएको छ । एनसीबीले भनेको छ, ‘आर्यनसँग ड्रग्स नभेटिएपनि उनी लगातार पेडलरको सम्पर्कमा थिए । यो ठूलो षड्यन्त्र हो । यसको अनुसन्धान हुन आवश्यक छ । आर्यनमाथि कन्ट्राबेन्ड खरिद गर्ने आरोप लागेको थियो र यो कन्ट्राबेन्ड अरबाज मर्चेन्टबाट बरामद गरिएको थियो । ’

आजको सुनुवाईमा आर्यन खानबाहेक नुपूर सारिका, अरबाज मर्चेन्ट, मुनमुन धमेचा, श्रेयस नायर, अविन साहू, आचित र मोहक जसवालको जमानत अर्जीमा सुनुवाई हुनेछ ।

ड्रग्स केसमा फसेका आर्यन खान यतिबेला आर्थर रोड जेलमा छन् । उनको जमानतका लागि उनका वकिल थुप्रै दिनदेखि अत्यधिक मिहिनेत गरिरहेका छन् । तर नारकोटिक्स कन्ट्रोल ब्यूरोले हरेक पटक केही न केही मुद्दा निकालिदिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप