शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैष्णव पुजारीको बखान : आत्मा परमाणु जत्रै हुन्छ

‘सात्त्विक हुने प्रयास गर्नुस्, मुक्ति यसैबाट सम्भव छ’
बुधबार, २७ असोज २०७८, १६ : ५५
बुधबार, २७ असोज २०७८

कति राजनीतिक नेताको मात्रै अन्तरवार्ता लिनु ? दसैँका बेला हामी सात्त्विक मानिसका कुरा सुन्न र सुनाउन काठमाडौँको प्रसिद्ध श्री बैंकटेश मन्दिरभित्र छि–यौँ, यो मन्दिर वैष्णव सम्प्रदायमाझ प्रख्यात छ । दसैँको चहल–पहल सुरु भएसँगै यहाँ दैनिकरुपमा नवरात्रको आराधना चलिरहेको छ । सँगसँगै मन्दिर दर्शन गर्न आउने भक्तजनहरूको सङ्ख्या पनि बढ्दै छ ।

कृष्ण जन्माष्टमी, रामनवमी, वामन द्वादशीलगायतका पर्वहरूमा पनि यहाँ विशेष उत्सव हुन्छ । सङ्क्रान्तिको दिन यहाँ भगवान्को स्नान हुन्छ । आजभन्दा झन्डै १२५ वर्षअगाडि गङ्गादेवी र यज्ञप्रसाद (गोविन्दाचार्य) ले आफ्नो निजी जमिनमा यो मन्दिर स्थापना गरेका थिए । २ रोपनी २ आनामा फैलिएको यस मन्दिरको महन्तको जिम्मेवारी अहिले उनीहरूका पाँचौँ पुस्ताका उत्तराधिकारी स्वामी पद्मधराचार्यले सम्हालिरहेका छन् ।

दसैँको महत्त्व र यस मन्दिरको इतिहासबारे रातोपाटीले महन्त पद्मधराचार्यसँग कुराकानी गरेको छ । अन्तरवार्ताका क्रममा महन्तले आफ्नै शैलीमा किंवदन्ती र मिथकहरूसहित रोचक दर्शन सुनाए :  

यो मन्दिर स्थापनाको पृष्ठभूमिका विषयमा बताइदिनुस् न ।

दक्षिण भारतको तिरुपति बालाजी, जसलाई हामी भारतको र एसियाकै एउटा विराट मन्दिर मान्छौँ, यो त्यसैको शाखा हो । आजभन्दा सवा सय वर्षअघि यसको स्थापना भएको हो । त्यतिबेला गङ्गादेवी माता (गरुडद्ध्वजी) र यज्ञप्रसाद ( गोविन्दाचार्य) सहित नेपालीहरुको टोली दक्षिण भारतमा तिरुपति बालाजीको दर्शनका लागि जानु भएको थियो ।

तैपनि वेदले भनेको छ– कपालको टुप्पो लिनु, त्यसलाई १ सय भाग गर्नु, अनि एउटा हातमा लिनु, (जो सम्भव छैन)  त्यसको १ सय टुक्रा बराबर आत्माको स्वरूप हुन सक्छ । यो भनेको अणु हो । आत्मालाई नै अङ्ग्रेजहरूले एटम भन्न थालेका हुन् । यसको अस्तित्वलाई विज्ञानले पनि स्वीकारिसकेको छ । 

यहाँबाट हिँडेर रक्सौल र त्यहाँबाट कलकत्ता हुँदै ३ हजार किलोमिटर यात्रा गरेर दक्षिण भारत पुग्दासम्म उहाँहरू थकित हुनुहुन्थ्यो । कछाड लगाएको एउटा केटाले मातालाई नेपालीमा सोधेछ : तिमीहरू यति धेरै कष्ट गरेर नेपालबाट आयौ ?’

नेपालीमा कुरा गरेको देखेर माता छक्क पर्नुभयो । ‘मलाई नेपालमै लगेर पूजा गर..’ भन्दै त्यो बालक गायब भएछ । सोधीखोजी गर्दा पनि बालक भेटिएन । त्यसपछि हजुरबाले तिरुपति बालाजीका गुरुसँग यसबारे संस्कृतमा कुरा गर्नुभयो । गुरुले जवाफमा : तिमीहरू धेरै भाग्यमानी रहेछौ, तिरुपति बालाजी बैंकटेस भगवानले काठमाडौँ जाने निश्चय गर्नुभयो भनेर एउटा मूर्ति दिएर पठाउनुभयो ।

श्रीदेवी, भूदेवी, दुईवटा महालक्ष्मी, नारायण र बैंकटेस भगवानको प्रतिमा दिएर पठाउनुभएको रहेछ । त्यसपछि आमाहरूले यहाँ सानो मन्दिर बनाउनुभयो । मानिसहरू थपिँदै गए । मन्दिर स्तरोन्नति हुँदै गयो र अहिले यो रूपमा आयो ।

पहिलो निजी जग्गामा मन्दिर बनाइए पनि बिस्तारै यसलाई गुठीका रूपमा विकसित गरियो र यो अहिले ट्रस्टका रूपमा कायम छ । उहाँहरूको पाँचौँ पुस्ताको सन्तानका रूपमा यस ट्रस्ट अध्यक्ष र महन्त भएर सेवा गर्न पाउँदा मलाई गर्व छ । 

यहाँ प्रायजसो : वैष्णव सम्प्रदायका भक्तजनहरू बढी देखिन्छन् नि ?

वैष्णव धर्म नेपालमा अनादिदेखि नै छ । जस्तो– बूढानीलकण्ठ हेर्नुस्, अंशुवर्माका पालाको मन्दिर हेर्नुस्, चाँगुनारायणको मन्दिर हेर्नुस्, चार नारायणका काठमाडौँका मन्दिर हेर्नुस् । यी सबै वैष्णवका विधि विधानबाट बनाइएका हुन् । वेदलाई वैदिक हिसाबले जस्तो–त्यस्तै राख्नेहरू नै वैष्णवका रूपमा कायम छन् ।

जसले बिस्तारै कर्महरू छाड्दै गए, विद्धानको कर्म छाड्दै गए, उनीहरू वैष्णवजस्तो देखिए पनि वैष्णव होइनन् भन्ने मलाई लाग्छ । तर, जति पनि मानिसहरू छन्, उनीहरू सबै वैष्णवीय पद्धतिकै हुन् । हाम्रा पुराना राजाहरू सबै वैष्णवीय पद्धतिकै हुन् । 

यसरी नै भगवानले सृष्टि बढाइरहनुहुन्छ । कुनै व्यक्तिले पूर्ण ज्ञान प्राप्त गरेर वैकुण्ठ गएपछि फेरि फर्किएर आउनुपर्दैन । वैकुण्ठ भनेको कहिल्यै कुण्ठ नहुने आनन्द, केही गर्नु नपर्ने, न भोक लाग्ने न प्यास लाग्ने, खाली आनन्दमात्रै हुन्छ । भगवानले मानिसलाई त्यहाँ लैजानुहुन्छ । तर, सत्यगुण भएकाले मात्रै त्यहाँ जान पाउँछन् । 

सनातन पद्धति एउटै छ । वैदिक पद्धति एउटै छ । त्यो वेद हो । त्यो अनादि छ । वेद भनेको जान्नु हो । यसका अनन्त शाखा छन् । यसको आधार कहाँ छ भन्दा कुनै पनि जीवात्मा जो हिँड्छ, डुल्छ । चाहे त्यो सिंह, भुसुना, माछा लगायत केही किन नहोस् । त्यसको आधार तत्त्व, जसलाई हामी आत्मा भन्छौँ । त्यो निकै सूक्ष्म छ । कति सूक्ष्मभन्दा हामी अनुमानै गर्न सक्दैनौँ । 

तैपनि वेदले भनेको छ– कपालको टुप्पो लिनु, त्यसलाई १ सय भाग गर्नु, अनि एउटा हातमा लिनु, (जो सम्भव छैन)  त्यसको १ सय टुक्रा बराबर आत्माको स्वरूप हुन सक्छ । यो भनेको अणु हो । आत्मालाई नै अङ्ग्रेजहरूले एटम भन्न थालेका हुन् । यसको अस्तित्वलाई विज्ञानले पनि स्वीकारिसकेको छ । 

जहाँसम्म सम्प्रदायको सवाल छ । यसमा सनातन धर्ममा पाँचवटा सम्प्रदाय छन्, जसलाई हामी पञ्चायन भन्छाैँ । बीचमा विष्णु राख्नेलाई वैष्णव, बीचमा शिवजी राख्नेलाई शैविक, बीचमा लक्ष्मी राख्ने अर्थात्  शक्ति मान्नेलाई शाक्त, बीचमा गणेश मान्ने गाणपत्य र बीचमा सूर्यलाई राखेर मान्ने सौर्य हुन्छन् । सबैमा पृथ्वी, जल, अग्नि, वायु आकाश गरी पाँच तत्त्व छ । सबैको मूल वेद नै हो । भुसुना पनि त्यहाँभित्र भएको आत्माका आधारमा नै चलिरहेको छ । शाक्त भनेको शक्ति र त्यो पनि सात्त्विक तत्त्व हो । आत्मा सत्यगुणमा टिकेको हुन्छ । त्यसो सधैं उस्तै रहन्छ , त्यो आत्मा वैष्णव हो । जस्तो, यो मन्दिर सत्यगुणमा थियो, छ र रहिरहन्छ ।

गीतामा भगवान्ले अर्जुनलाई भन्नुभएको छ, ‘अर्जुन मेरो बाटोमा गयो भने फर्केर आउनुपर्दैन । यो धुम बाटोमा गयौँ भने फेरि तिमी आइरहनुपर्छ ।’ हामीले एकपटक मुक्ति पाइसकेपछि फेरि यस संसारमा फर्केर आउनुपर्दैन । त्यही मुक्तिका निम्ति हामीले जीवनमा अहिलेदेखि नै जप, साधना र अभ्यास गर्ने हो । 

वेदान्तमा तीनवटा शाखा छ : तमगुण सम्बन्धी, रजगुण सम्बन्धी र सत्यगुण सम्बन्धी आ–आफ्नै शास्त्र छन् । अर्थात्, भगवानले तीनैथरीका शिक्षा दिनुभएको छ । तामसी खालका तमगुण भएकालाई यही स्वभावअनुसार काम गर्न दिइन्छ । जसअनुसार मानिसहरू हिंसा गर्ने, जाँड रक्सी खाने गर्छन् ।

अर्को, राजसी अर्थात् रजगुणले व्यापार, काम र प्रतिस्पर्धा र विकासमा लागेको हुन्छन् । बुद्धि फिरेपछि तामसी रजगुणमा प्रवेश गर्नसक्छ । र, राजसी व्यक्तिले पनि सत्यगुण अँगालेर सात्त्विक बन्ने प्रयास गर्छ ।  सात्त्विक व्यक्ति सत्यमा अडिग र भगवान्को श्रद्धा भक्ति गर्ने हुन्छ । 

सत्यको यो विजयलाई आजसम्म पनि हामीले मानिरहेका छौँ । कोही शाकाहार भएर मान्छौँ, कोही मांसाहारी हुन्छन् । अघि नै हामीले सत्यगुण, रजगुण र तमगुणको कुरा ग–यौं नि । तर, बुझेपछि मानिसले सत्यगुणमै लाग्ने प्रयास गर्छ । 

यसरी नै भगवानले सृष्टि बढाइरहनुहुन्छ । कुनै व्यक्तिले पूर्ण ज्ञान प्राप्त गरेर वैकुण्ठ गएपछि फेरि फर्किएर आउनुपर्दैन । वैकुण्ठ भनेको कहिल्यै कुण्ठ नहुने आनन्द, केही गर्नु नपर्ने, न भोक लाग्ने न प्यास लाग्ने, खाली आनन्दमात्रै हुन्छ । भगवानले मानिसलाई त्यहाँ लैजानुहुन्छ । तर, सत्यगुण भएकाले मात्रै त्यहाँ जान पाउँछन् । 

दसैँमा यस मन्दिरमा कस्तो उल्लास रहन्छ ? 

सत्युगमा एउटा राक्षस थियो – महिषासुर । जसो गरे पनि नमर्ने । उसको कुनै एउटा रगत खस्यो भने त्यसबाट करोडौँ जीवात्मा निस्कने । त्यसलाई भगवान् लक्ष्मीले वा भनौँ भगवती दुर्गा माताले वध गरिदिनुभयो । त्यस समयलाई हामी नवदुर्गाका रूपमा मान्छौँ । त्रेता युगमा भगवान् रामले नौ दिनसम्म घोर युद्ध गरेर रावणलाई मारिदिनुभयो ।

सत्यको यो विजयलाई आजसम्म पनि हामीले मानिरहेका छौँ । कोही शाकाहार भएर मान्छौँ, कोही मांसाहारी हुन्छन् । अघि नै हामीले सत्यगुण, रजगुण र तमगुणको कुरा ग–यौं नि । तर, बुझेपछि मानिसले सत्यगुणमै लाग्ने प्रयास गर्छ । 

यस मन्दिरमा हामी परेवाको दिन वेद पाठ गरेर जमरा राख्छौं । बालुबामा पूरा जौ, गहुँ, मकै, इत्यादि राखेर पूजा गर्छौँ । हरेक दिन स्तुति हुन्छ । द्धीतियाको दिन दूधले भगवानको स्नान गरिन्छ । भक्तहरु दूध लिएर आउनुहुन्छ । भगवानलाई सेल, रोटी, आदि शाकाहारी प्रसाद भोग लगाउँछौँ ।

फूलपातीको दिन जमरा राखेको स्थानको फूल सबै भक्तजनलाई वितरण गर्छौँ ।  आठौँ दिनमा महालक्ष्मीको मन्दिरमा पूजा अर्चना हुन्छ । नवमीको दिन पनि यस्तै हुन्छ । दसैँको दिन भगवानको चरण कमलमा फूल चढाएर, भगवानलाई जमराको माला लगाइदिन्छौँ र त्यसपछि आरती गर्छौँ । भोग लगाउँछौँ । भक्तजनहरूले त्यो प्रसाद लिएर जानुहुन्छ ।

महन्तहरूलाई भेट्नका लागि धेरै ठाउँबाट शिष्यहरू आउनुहुन्छ । यद्यपि, कोरोनाका कारण पछिल्ला वर्षहरूमा भक्तजनको सङ्ख्या केही कम भएको छ । 

यस मन्दिरमा अन्य विशेष अवसरहरू के–के हुन्छन् ?

शनिबार, विशेष गरी धेरैको छुट्टी हुन्छ । यसपछि अन्य दिन बिदाको दिन । रामनवमी, एकादशी, द्वादशी, कृष्णाष्टमी, वामन द्वादशी, निषेम चतुदर्शी, आचार्यहरूको नक्षत्रको दिन (जन्मेको दिन) , विशेष उत्सव हुन्छ । सङ्क्रान्तिको दिन यहाँ भगवानको स्नान हुन्छ । 

दसैँका अवसरमा तपाई के शुभकामना दिन चाहनुहुन्छ ? 

जुनसुकै ठाउँमा जन्मिए, हुर्किए पनि हामीले वैदिकतालाई छाड्न हुँदैन । अहिले जर्मनी, बेलायतलगायत देशका विश्वविद्यालयमा वेद पाठ गर्न थालिसकेका छन् । किनकि ज्ञानमा सुख छ, अज्ञानमा दुख छ । सत्यगुणदेखि ठूलो केही छैन । त्यसको नाम वैकुण्ठ हो । स्वर्गीय भएँ भन्नुको अर्थ यहाँ दुःख थियो, वैकुण्ठ गएर सुख पाएँ भनेको हो नि ।

अर्को कुरा, विश्वमा नै योगको प्रचार–प्रसार भएको छ । योगमा शान्ति मिल्छ । ५ मिनेट योग गर्दा पनि शान्ति मिल्छ । त्यो सत्यगुण नै हो ।  यसरी योग–ध्यान गर्ने व्यक्तिमा ज्ञानको प्रकाश बढ्दै जान्छ र वेदको अन्तिम गन्तव्य वेदान्तसम्म पुग्छ ।

वेदान्तमा पुगेपछि त आनन्द नै आनन्द छ । यो आत्मा कहिल्यै मर्दैन । त्यो प्राप्त गर्नका लागि नै यो सृष्टि भएको छ । भगवान् यसैभित्र हुनुहुन्छ । जसरी बाबुआमाले सबै छोराछोरी सुखी होउन् भन्ने चाहन्छन्, त्यसरी नै, एक न एक दिन सबै प्राणी मुक्त होउन् भन्ने भगवानले चाहनुहुन्छ, त्यसैका लागि भगवानले यो सबै सृष्टि गर्नुभएको हो । तर, मुक्तिका लागि हामीले सात्त्विक जीवन अंगाल्नैपर्छ । दसैँका अवसरमा सबैलाई सत्यको मार्गमा चल्न आग्रह गर्दछु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्वेषण अधिकारी
अन्वेषण अधिकारी
लेखकबाट थप