सिटिजन बैंक लुटपाट : भारतीयसहित ३ जना पक्राउ

person explore access_timeअसोज २७, २०७८ chat_bubble_outline0

मोरङको धनपालथान गाउँपालिका वडा नं.-४ कर्सिया विपि चोक स्थित सिटिजन बैंक लुटपाटको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं.-८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ बस्ने २८ वर्षीय सुनिल यादव र भारत अररिया गोराहा ४ बस्ने ३० वर्षीय विजय सहनी रहेका छन् ।

को २५ प ३८९९ नं को मोटरसाइकलमा तिनैजना भारततर्फ भाग्ने क्रममा मोरङ धनपालथान गापा-२ खयरबना चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो । बायाँ तिघ्रामा गोली लागि घाइते अवस्थामा फेला परेका सहनीलाई रंगेली अस्पतालमा उपचार पश्चात् ईप्रका रंगेलीमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । पक्राउ परेका सुनिल यादवले प्रयोग गरेको १ राउन्ड लोडेड गोली सहित कटुवा पेस्तोल १ थान, र सहनीको साथबाट नोकिया कम्पनीको सादा मोबाइल १ थान प्रहरीले बरामद गरेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।