माइक्रोबस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु
राजविराज–हनुमानगर सडक खण्ड अन्र्तगत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ खाँडो नजिक आज माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
राजविराजबाट विराटनगर जादै गरेको ना १ ज ७४१८ नम्बरको माइक्रोबसले विपरित दिशाबाट आइरहेको स २ प ३४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार हनुमाननगर कङ्कालिनि नगरपालिका–१० बस्ने १६ वर्षका संम्रिधकुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते उनलाई उपचारको लागि विराटनगरतर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका–१० बस्ने २२ वर्षको अरविन खङ्ग घाइते भएका छन् । उनको राजविराजस्थित गजेन्द्र नारायण सिँ अस्पतालामा उपचार भइरहेको छ । मोटरसाइकल र माईक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको र घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने