दुर्घटना निवारणमा योजनाबद्धरुपमा तप्परता देखाउन केसीको आग्रह
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडबाडका समयमा बढ्दो सवारी दुर्घटनाको निवारणमा योजनाबद्धरुपमा तप्परता देखाउन आग्रह गरेका छन् ।
अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी मुगु, कास्की, अछामलगायत जिल्लामा भएको सडक सवारी दुर्घटनामा परी धेरै व्यक्तिको मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
चाडपर्वको बेलामा यात्रुको चाप यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रु सवार गराउने र लामो दूरीमा पनि एकजना मात्र चालक राख्ने गरेको केसीले बताए ।
उनले पुराना र खराब अवस्थाका सवारी साधन चलाउनुका साथै यातायात क्षेत्रका सम्बद्ध निकायले सडक यातायातको राम्रो व्यवस्थापन नगरेको उनको भनाइ छ ।
सडकको खराब स्थिति वा कच्ची सडकका कारणले वर्षेनी ठूलो सङ्ख्यामा नेपालीले आफ्नो जीवन गुमाउन परेको उनले बताए ।
“हामी सरकार र सम्बद्ध निकायलाई यसतर्फ गम्भीररुपमा ध्यानाकर्षण गराउँदै सडक यातायातको क्षेत्रमा हुने समस्याको व्यापक सुधारगरी यसप्रकारका सडक दुर्घटना हटाउन माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “यो कुनै प्राकृतिक विपद् वा दुर्घटना होइन, मानवीय कमजोरी हो । यसलाई हटाउन सकिन्छ र हटाउन पर्दछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत