बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हत्याको अभियोगमा पक्राउ

बुधबार, २७ असोज २०७८, २० : ४८
बुधबार, २७ असोज २०७८

नेपाल प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय विक्रम लामगादेको हत्या गरेको अभियोगमा दुई जनालाई आज मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय मेखबहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।

दसैँको फूलपातीका अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा उनीहरुले विक्रमलाई दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएको र विक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी सल्यान, बनगार कुपिन्डे नगरपालिका–१० माझकाँडा बस्ने ३३ वर्षीय रुपलाल कवर मगरको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा उनकै बुवा ५६ वर्षीय निमबहादुर कवर मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

निमबहादुरले  आफ्नै छोरालाई खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बनगार र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले निम बहादुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप