बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तलेजुमा बलिरहित पूजा

बुधबार, २७ असोज २०७८, २१ : ०७
बुधबार, २७ असोज २०७८

भक्तपुरको तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष दसैँमा आज तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । 

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उहाँले जानकारी दिए । गुठी संस्थानको खर्चमा हुने वर्षौदेखि चल्दै आएको बलि दिने परम्परा गतवर्ष र यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको उनले जानकारी दिए । 

तलेजुलाई मूल चोकको दसैँ घरमा विराजमान गराउने वर्षौदेखिको परम्परासमेत यसवर्ष रोकिएको छ । कोरोनाकै कारण गतवर्ष र यसवर्ष तलेजुलाई मूल घरबाट दसैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए ।

त्यसैगरी यसवर्ष कुमारीलाई काठमाडौंस्थित कुमारी घरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भएपनि यसवर्ष भने कुमारीलाई तलेजुमा ल्याइएको छैन । यसवर्ष कुमारी जीवीका बज्राचार्यलाई क्वाठण्डौमा राखेर पूजा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप