शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिल्लीलाई हराउँदै कोलकाता तेस्रोपटक फाइनलमा

बिहीबार, २८ असोज २०७८, ०६ : ३८
बिहीबार, २८ असोज २०७८

दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य कोलकाताले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । योसँगै लगातार दोस्रोपटक फाइनल पुग्ने दिल्लीको सपना चकनाचुर बनेको छ । कोलकाता भने तेस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो ।

लक्ष्य पछ्याउने क्रममा कोलकाताले उत्कृष्ट सुरुवात गर्‍यो । पहिलो विकेटका लागि शुभमन गिल र वेंकटेस अय्यरले ९६ रन जोडे । अय्यरले ५५ तथा गिलले ४६ रन बनाए । १२५ रनको स्थितिमा गिल आउट भएपछि कोलकाताको पारी धर्मरायो । चार जना खेलाडी लगातार शुन्य रनमा आउट भए । तर, राहुल त्रिपाठीले १२ रन बनाउँदै टोलीलाई जीतसम्म पुर्‍याए । कोलकाताका लागि एनरिच नोर्टजे, रवीचन्द्र आश्विन र कागिसो रबाडाले २–२ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३६ तथा श्रेयस ऐयरले ३० रनको योगदान दिएका थिए । कोलकाताका लागि वरुण चक्रवर्तीले २ विकेट लिए ।

अब फाइनलमा कोलकाताको सामना चेन्नई सुपर किंग्ससँग हुनेछ । शुक्रबार फाइनल खेल दुबईको मैदानमा खेलिनेछ । चेन्नई नवौँपटक फाइनलमा पुगेको हो । जारी प्रतियोगिताका यसअघि दुई टोली दुईपटक भिडेका छन् । दुवै खेलमा चेन्नाई विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप