शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नगरकोटबाट हेर्नुस् मुस्कुराएको हिमाल

बिहीबार, २८ असोज २०७८, १० : २९
बिहीबार, २८ असोज २०७८

यति बेला कोरोनाको कहर नहुँदो हो त पर्यटकीय क्षेत्र नगरकोटमा स्वदेशी तथा विदेशी पर्यटकहरूको घुइँचो हुने थियो । यहाँका होटल, रेस्टुरेन्ट, होमस्टे र रिसोर्टमा पाहुनाको हुल हुने थियो । तर,कोरोना भाइरसको जोखिम कम हुँदै गएपछि भने नगरकोट र आसपासका स्थान आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ ।  

बिहान नगरकोट नजिकैको ढाडागाउँबाट खुलेको हिमालको मनमोहक दृश्य देखिएको छ ।  यहाँबाट जुगल, गौरी शंकर, लाङटाङ, सगरमाथालगायतका हिम शृङ्खलाको दृश्य देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप