शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रामोसले डेब्युका लागि अझै केही समय पर्खने

बिहीबार, २८ असोज २०७८, १५ : ४९
बिहीबार, २८ असोज २०७८

सर्जियो रामोसले केही दिनभित्रै पेरिस सेन्ट जर्माइन (पिएसजी) बाट डेब्यु गर्ने अपेक्षा गरिएको थियो । तर, अपेक्षाभन्दा उनको डेब्यु अझै केही ढिलो हुनसक्छ । यसअघि शुक्रबार लिग वानअन्तर्गत एन्गर्सविरुद्धको खेलमा रामोस मैदानमा उत्रने अनुमान गरिएको थियो ।

तर, स्पेनिस स्टार रामोसले पिएसजीको अभ्यासमा पूर्ण समय बिताएका छैनन् । त्यसैले, उनी शुक्रबार हुने एन्गर्सविरुद्धको फ्रेन्च लिग वान र मंगलबार हुने च्याम्पियन्स लिगअन्तर्गतको आरबी लेपजिगविरुद्धको खेलमा समावेश हुने छैनन् ।

यसअघि पेरिसको एक पत्रिकाले ३५ वर्षीय रामोस एन्गर्सविरुद्धको खेलमा सहभागी हुने समाचार प्रकाशित गरेको थियो । तर, बुधबार त्यही पत्रिकाले टोलीका अन्य खेलाडीहरुसँग नभएर रामोसले एक्लै अभ्यास गरिरहेको समाचार छाप्यो । 

यस पत्रिकाल लेपजिगविरुद्धको खेलमा रामोस उपलब्ध हुने संभावना पनि निकै कम रहेको बताएको छ । स्रोतका अनुसार रामोस पूर्ण रुपमा निको भइसकेका छन् । तर शुक्रबारको खेलमा उनी सहभागी हुनेछैनन् । मेडिकल स्टाफहरुले उनी खेल्नका लागि फिट भएको बताइसकेका छन् । तर, रामोसले लामो समयदेखि टोलीसँग राम्ररी अभ्यास गर्न पाएका छैनन् । रामोस स्वयंम् र प्रशिक्षक माउरिसियो पोचेटिन्होलाई पनि हतारो छैन । 

दबाब छैन 

पोचेटिन्हो र पिएसजी रामोसलाई लिएर हतारो गर्न चाहदैंनन् । रामोसले पूर्ण फिट भएपछि उच्चस्तरको प्रदर्शन गर्नेछन् भन्नेमा उनीहरु ढुक्क छन् । त्यसैले उनलाई दबाब दिन चाहदैंनन् । रियलका पूर्व कप्तान रामोस्ले ला–लिगामा ४ सय ६९ खेलमा ७२ गोल गरेका थिए । उनले स्पेनका लागि १ सय ८० खेलमा २३ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप