शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा निशान तथा मौलो पुजा

बिहीबार, २८ असोज २०७८, १६ : ०६
बिहीबार, २८ असोज २०७८

सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलोपुजा सम्पन्न भएको छ । बडा दसैँको अवसरमा १९  नम्बर  गणको हेक्वा बगलामुखी हल्चोक स्वयम्भूमा  आज सशस्त्र प्रहरीको निशान तथा मौलो पूजा गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पूजा अर्चना गरेको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरूबाट पूजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।

बिहान ७ बजेर ११ मिनेटको पूजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पूजा कार्यक्रममा महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जा छाप लगाए ।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पूजा कार्यक्रममा सशस्त्र प्रहरीको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ । खनालले मौलोपूजा व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप