काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको सुमो दुर्घटनामा, दुईको मृत्यु, १० जना घाइते
शनिबार, ३० असोज २०७८, २० : ०४
हेटौडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा आज दिउँसो करिब ३ः ३० बजे काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो दुर्घटनामा चालकसहित १० जना घाइतेलाई प्रहरीले उद्धार गरी चार हेटौडा अस्पतालमा, चार काठमाडौँ सानेपाको स्टार हस्पिटलमा र दुइ जना पाटन अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाटन अस्पतालमा उपचारको क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। मृतकहरुको अहिलेसम्म सनाखत भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी