शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भोक्राहाका अग्नीपीडितलाई राहत

शनिबार, ३० असोज २०७८, २० : ३६
शनिबार, ३० असोज २०७८

सुनसरी भोक्राहा नरसिंह गाउपालिका–८ का अग्नीपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंह गाउपालिकाले एक कार्यक्रमको आयोजना गरेर अग्नीपीडित स्थानीय इसराफिल अन्सारीको परिवारलाई राहत वितरण गरेको उपशाखा सभापती युवराज दाहालले जानकारी दिए ।

त्रिपाल एक, कम्वल दुई थान, भाडावर्तन एक सेट, परिवारका सदस्यका लागि लत्ताकपडालगायतका विभिन्न सामग्री प्रदान गरिएको छ । गएराति भोक्राहा–८ का इसराफिल अन्सरीको गाई गोठमा आगलागी हुँदा तीन लाख ६४ हजार बरावरको क्षति भएको थियो । आगलागीमा चौपाया, गोठ र त्यहाँ रहेका विभिन्न सामग्री जलेर नष्ट हुँदा सो मूल्य बरावरको क्षति भएको थियो । गाईवस्तुलाई लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप