बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चेल्सी पुनः शीर्ष स्थानमा

आइतबार, ३१ असोज २०७८, ०७ : ३१
आइतबार, ३१ असोज २०७८

ब्रेन्टफोर्डविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै चेल्सी पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १–० गोलले हरायो ।

खेलमा बेन चिलवेलले पहिलो हाफको अन्त्यमा गरेको एक मात्र गोल निर्णाक बन्यो । पछिल्ला ३ खेलमा उनले क्लब र देशका तीन गोल गर्न सफल भएका छन् । गोलपछि घरेलु टोली ब्रेन्टफोर्डले दोस्रो हाफमा चेल्सीमाथि निरन्तर दबाब राखेको थियो  । तर, त्यसलाई रोक्दै चेल्सीले तीन अंक बटुल्न सफल रह्यो ।

शनिबार नै वाटफोर्डलाई पराजित गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको थियो । ८ खेलपछि चेल्सीको १९ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको १८ अंक रहेको छ । १७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा रहेको ब्राइटनको १५ अंक रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप