शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्न नैनसिंह महरको माग

आइतबार, ३१ असोज २०७८, १२ : २७
आइतबार, ३१ असोज २०७८

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्न आग्रह गरेका छन् ।  नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले शिक्षा मन्त्रालयको समन्वयमा शिक्षा सेवा आयोगले तत्काल रिक्त शिक्षकको पदपूर्ति गर्नुपर्ने बताएका हुन् । शिक्षककाे दरबन्दी रिक्त हुँदा विषय शिक्षकबाट शिक्षा पाउने विद्यार्थीको हक कुण्ठित भएको उनको भनाइ छ । 

उनले भने, ‘शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षक दरबन्दी रिक्त भएको लामो समय भएको छ । यसबाट विषय शिक्षकबाट शिक्षा पाउने विद्यार्थीको हक कुण्ठित भएको छ ।’

शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उठाउन, शिक्षालाई सीपमुलक र देशको विकासको आवश्यकतासँग जोड्ने गरि कार्यक्रम ल्याउनुपर्ने महरले बताए । नैतिकतामा आधारित मानवतावादी शिक्षालाई मुलमन्त्र बनाएर देशमा कृषि, उद्योग, विज्ञान तथा प्रविधिको विकासमा फड्को मार्ने बेला आएको उनको भनाइ छ ।

‘यिनै अहम विषयसँग शिक्षा जोडन सके मात्र हामी २१ शताब्दीको विश्व सँग प्रतिस्पर्धा गर्न सक्छौं । शिक्षकको सीप तथा क्षमता विकासका लागि प्रभावकारी र वैज्ञानिक तालीम निरन्तर रुपमा आयोजन गर्नुपर्नेछ,’ महरले भने ।

शिक्षकको सेवा सुविधामा उल्लेखनीय वृद्धि गरेर ‘बेष्ट ब्रेन’लाई शिक्षणमा आकर्षित गरिनुपर्ने उनको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप