सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
आइतबार, ३१ असोज २०७८, १४ : ५७
सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् ।
सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार दसैँका लागि भनेर २०७८ वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर आज पनि बिदा दिने निर्णय गरेको थियो ।
बैठकले सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल