ad

अगुएरोको डेब्यूमा बार्सा विजयी

person explore access_timeकात्तिक १, २०७८ chat_bubble_outline0

सर्जियो अगुएरोले डेब्यू गर्दा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–१ को जीत हासिल गरेको छ । अगुएरो यो सिजन म्यानचेस्टर सिटीबाट बार्सिलोनामा आबद्ध भएका थिए तर चोटका कारण उनी लामो समय मैदान बाहिर रहन बाध्य बनेका थिए । खेल सकिन तीन मिनेट बाँकी छँदा उनी मैदान प्रवेश गरेका थिए ।


खेलमा अग्रता बने पाहुना टोलीले लिएको थियो । जोसे गायाले खेलको पाँचौ मिनेटमा भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर, १३ औँ मिनेटमा अन्सु फातीले मेम्फिस डिपायको पासमा खेल बराबरी गरे । पहिलो हाफ सकिन लाग्दा बक्सभित्र फातीलाई फल हानेपछि बार्सिलोनाले पेनाल्टी पायो जसलाई डेपायले सजिलै गोलमा परिणत गरे ।



दोस्रो हाफको अन्त्यतिर फिलिपे काउन्टिन्होले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे । सन् २०२० को नोभेम्बरपछि काउन्टिन्होले पहिलो गोल गरेका थिए । जीतसँगै बार्सिलोना १५ अंक बटुल्दै लिगको सातौँ स्थानमा उक्लिएको छ । आइतबार नै भएका अन्य खेलमा सेभियाले सेल्टाभिगोलाई हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडको खेल भने स्थगित भएको थियो ।
 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।