शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युभेन्टससँग मोरिन्होको रोमा पराजित

सोमबार, ०१ कात्तिक २०७८, ०८ : ५५
सोमबार, ०१ कात्तिक २०७८

मोइस किनको एकमात्र गोलको मद्दतले युभेन्टसले जोसे मोरिन्होको एएस रोमालाई पराजित गर्न सफल भएको छ । इटालियन सिरिए ए मा युभेन्टसको यो लगातार चौथो जीत हो ।

खेलको १६ औँ मिनेटमा किनले युभेन्टसलाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन लाग्दा जोर्डन भेरेटाउटको पेनाल्टीलाई वोइजेख सिजेक्नेखले रोकेका थिए । टामी अब्राहमलाई फल हान्दै गर्दा उनले गोल पनि गरेका थिए । तर, रेफ्रीले त्यसलाई रद्द गर्दै पेनाल्टी दिएका थिए । त्यसपछि भने कुनै गोल हुन सकेन ।

जीतसँगै युभेन्टसले ८ खेलबाट १४ अंक बटुल्न सफल बनेको छ । उता मोरिन्होको रोमा भने लिगमा तेस्रो हार व्यहोर्दै शीर्ष स्थानमा रहेको नापोलीभन्दा ९ अंकले पछि परेको छ । नापोलीले आइतबार टोरिनोमाथि १–० को जीत हासिल गर्यो । त्यस्तै, एटलान्टाले एम्पोलीलाई ४–१ गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप