शकिबको कीर्तिमान तर बंगलादेश स्तब्ध
शकिब अल हसन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडी बने पनि बंगलादेश स्कटल्याण्डसँग ६ रनले पराजित भएको छ । टी–२० विश्वकपको क्वालिफायरमा स्कटल्याण्डले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ७ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो ।
पहिलो ब्याटिङ गरेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा १४० रन बनाउने क्रममा शकिबले १७ रन खर्चेर २ विकेट लिए । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनको यो १०८ औँ विकेट थियो । उनले श्रीलंकाका लसिथ मलिंगाको १०७ विकेटको कीर्तिमानलाई उछिनेका हुन् ।
स्कटल्याण्डका लागि क्रिस ग्रिभेसले सर्वाधिक ४५ रन बनाए भने ओपनर जर्ज मुन्सेले २९ तथा मार्क वाटले २२ रनको योगदान दिए । बंगलादेशका लागि मेहदी हसनले ३ तथा शकिब र मुस्तफिजुर रहमानले २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि मुसफिकुर रहिमले सर्वाधिक ३८ रन बनाए भने कप्तान मोहमदुल्लाहले २३ तथा शकिबले २० रन बनाए । ब्राड वाटले ३ विकेट लिए । यसअघि ओमानले पहिलो खेलमा पपुवा न्यू गिनीलाई १० विकेटले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी