शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चहलमाथि जातिगत टिप्पणी गरेको मामिलामा युवराज सिंह पक्राउ

सोमबार, ०१ कात्तिक २०७८, १० : ३७
सोमबार, ०१ कात्तिक २०७८

अनुसूचित जाति विरुद्ध अपमानजनक टिप्पणी गरेको मामिलामा क्रिकेटर युवराज सिंहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । हारियाणाको हिसार जिल्लास्थित हांसीबाट उनी पक्राउ परेका हुन् । यद्यपि, औपचारिक जमानतमा उनलाई तत्कालै रिहा गरिएको थियो । गत वर्ष रोहित शर्मासँगको लाइभ च्याटका दौरान अर्का क्रिकेटर युजवेन्द्र चहलको जातिलाई लिएर उनले अपमानजनक टिप्पणी गरेको आरोप छ ।

हांसी प्रहरीका डीएसपी विनोद शंकरले सिंहलाई मुद्दाको जाँचमा सामेल गर्नका लागि पक्राउ गरिएको हो । यसअघि पनि दुईपटक उनलाई जाँचमा सामेल गरिएको गरिएको थियो । त्यसपछि प्रहरीले हाईकोर्टको निर्देशनमा युवराजलाई धरौटीमा रिहा गरेको बताइएको छ । 

कोरोना महामारीबीच सन् २०२० मा भारत लकडाउनमा थियो । यस दौरान खेलाडी भिडियो च्याटमा कुराकानी गर्थे । यही क्रममा युवराज सिंहले भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्मासँग इन्सटाग्राम लाइभ च्याटमा कुराकानी गरिरहेका थिए । त्यतिबेला दुईबीच युजवेन्द्र चहलको बारेमा छलफल भएको थियो । यस दौरान सिंहले कथितरुपमा जातिसूचक शब्दको प्रयोग गरेका थिए ।

सो भिडियो चाँडै सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उनले भनेका थिए, ‘यो (जातिसूचक शब्द) मानिसहरूको काम नै छैन । युजीलाई हे–यौ कस्तो भिडियो हालेको छ ।’ त्यतिबेला चहलले टिकटकमा डान्स गरेको भिडियो अपलोड गरेका थिए । प्रहरीले यसबारे अनुसन्धान गर्न युवराजको मोबाइल जफत गरेको छ । आरोप पुष्टि भए सिंहमाथि ५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप