शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको किस्पाङमा बस दुर्घटना, २० जनाभन्दा बढी घाइते

सोमबार, ०१ कात्तिक २०७८, ११ : ५०
सोमबार, ०१ कात्तिक २०७८

नुवाकोटको किस्पाङमा सोमबार बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ । 

काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप