शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा

सोमबार, ०१ कात्तिक २०७८, १२ : ४५
सोमबार, ०१ कात्तिक २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्भिक अस्पताल पुगेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सोमबार दिउँसो प्रचण्ड वैद्यको स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । महासचिव वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका थिए ।  दम रोगबाट पीडित उनलाई समस्या दोहोरिएको बताइएको छ ।

प्रचण्ड नर्भिक अस्पतालमा करिब २० मिनेट बसेका थिए । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए । आइतबार बिहान नर्भिक भर्ना हुनुभएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप