शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेहका रोगीलाई फाइदाजनक हुन्छ अनार

सोमबार, ०१ कात्तिक २०७८, १३ : ०९
सोमबार, ०१ कात्तिक २०७८

मधुमेह रोगीले खानपिनमा ध्यान नदिने हो भने यो रोगले बिरामीलाई मृत्युको मुखमा पु–याउन सक्छ । त्यसैले चिकित्सकहरुले मधुमेहका रोगीलाई खानपिनमा ध्यान दिन सुझाव दिने गर्दछन् । मधुमेहका रोगीले रिफाइन्ड सुगर र कार्बोहाइड्रेडयुक्त खाना त्याग्नु पर्दछ । मधुमेह रोगीका लागि अनारलाई उत्कृष्ट फल मानिन्छ ।

अनारमा विभिन्न प्रकारका ‘एन्टीअक्सिडेन्ट’ पाइन्छ । यसमा ‘रेड वाइन’ र ‘ग्रीन टी’को तुलनामा लगभग तीन गुना बढी ‘एन्टीअक्सिडेन्ट’ पाइने विज्ञहरु बताउँछन् । ‘एन्टीअक्सिडेन्ट’ले मधुमेह र ‘फ्रि रेडिकल्स’ बाट हुने क्षतिलाई रोक्ने काम गर्दछ । विज्ञहरुका अनुसार अनारको दानाले इन्सुलिन सेन्सेटिभिटीलाई दुरुस्त बनाउन मद्दत गर्दछ ।

अनारमा ‘कार्ब्स’ को मात्रा पनि निकै कम हुन्छ । मधुमेहका रोगीलाई ‘कार्ब्स’ कम भएको खाना खान चिकित्सकहरु सुझाउँछन् । अनारमा अनुमानित ‘ग्लाइसेमिक लोड’ १८ हुन्छ, जो कि ब्लड सुगरलाई नियन्त्रण गर्न उपयोगी मानिन्छ ।

‘हिलिङ स्पाइसिस’ नामक पुस्तकमा उल्लेख भएअनुसार अमेरिका, अस्ट्रेलिया र भारतमा जनावरमाथि गरिएको अध्ययनले अनारको फूल र यसको दानाबाट बनेको तेल मधुमेह नियन्त्रण गर्न प्रभावकारी देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप