शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोस्रो हाफमा तालमेल अभाव हुँदा लक्ष्य पूरा भएन : कप्तान चेम्जोङ

सोमबार, ०१ कात्तिक २०७८, १३ : २५
सोमबार, ०१ कात्तिक २०७८

नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेल अभाव हुँदा गोल खान पुगेसँगै लक्ष्य पूरा हुन नसकेको बताएका छन् । माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले टोलीमा युवा जोस भएकाले आगामी दिनमा यो टोलीले नेपाली फुटबलमा अझै राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको बताएका हुन् । शनिबार मालेमा भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदा उपविजेतामा चित्त बुझाएको थियो । लिग चरणमा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । 

प्रतियोगितामा उपविजेता बनेको टोली आज स्वदेश फर्किएको छ । पहिलो पटक फाइनल खेल्दै इतिहास बनाएको उपविजेता टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए ।  विमानस्थलमा टोलीलाई स्वागत गर्न पुगेका युवा तथा खेलकुद मन्त्री गहतराजले फुटबल अगाडि बढाउनका लागि सरकारले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

यस अघि राजीनामा दिइसकेका प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएनन् । उनी बाहेक फर्किएको टोलीलाई स्वागत गर्न पदाधिकारीबाहेक फुटबल समर्थकहरू समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूलाई टोलीलाई हौसला प्रदान गर्दै नारा बाजी समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप