बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उलविच लेट नाइट फार्मेसीले जित्यो युकेको उत्कृष्ट फार्मेसी अवार्ड

सोमबार, ०१ कात्तिक २०७८, १३ : ३२
सोमबार, ०१ कात्तिक २०७८

द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ । युके, दुबई, तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेका  द कँडेल ग्रुपको उलविच लेट नाइट फार्मेसीले फार्मेसी इनोभेसन क्याटेगोरी अन्तर्गत अवार्ड जित्न सफल भएको हो । नेपालमा लामो समयदेखि द कँडेल ग्रुपको ब्रिटिस कलेजले गुणस्तीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

शोभा शर्मा कँडेल, उलविच लेट नाइट फार्मेसीकी सिनियर क्लिनिकल फर्मासिष्ट र सुपरीडेण्डेन्ट जिगनेश मेहताले संयुक्त रुपमा अवार्ड लिएका थिए । यो प्रतिष्ठित अवार्डले युकेमा साना तथा स्वतन्त्र फार्मेसीहरु जसको १२ वा सोभन्दा कम ब्रान्चहरु छन् तिनीहरुले गरेको उत्कृष्ट कामको मुल्यांकन गरेको छ । उक्त अवार्डका लागि उलविच लेट नाइट फार्मेसी छनोट हुनु नै गर्वको कुरा भएको द कँडेल ग्रुपका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले बताए ।

फार्मेसीका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले भने, “यो अवार्ड पाउँदा अन्यन्त खुसी भएका छौँ । यो फार्मेसी टिमले गरेको कडा मेहनतको नतिजा नै हो । हामीले भर्खरै हाम्रो चौथो फार्मेसी लण्डनमा विस्तार गरेका छौँ । यो अवार्डले स्थानीय समुदायको सहयोग गर्न थप प्रोत्साहन गरेको छ । उलविच लेट नाइट फार्मेसीले गरेको कामको कदर गर्दै अवार्डबाट सम्मानित गरेकोमा धन्यवाद दिन चाहन्छु ।”  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप