शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव बर्खास्त

सोमबार, ०१ कात्तिक २०७८, १९ : २९
सोमबार, ०१ कात्तिक २०७८

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको छ । साेमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । ‘सरकारले स्पष्टीकरण सोधेकोमा चिक्त बुझ्दो जवाफ नआएपछि उनलाई बर्खास्त गर्ने निर्णय गरिएको हो,’ ती मन्त्रीले भने ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सिलवाल सदस्य सचिवमा नियुक्त भएका थिए । मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्ष रहेका गोल्डेन गेट कलेजको प्रमुख कार्यकारी अधिकृत सिइओ पनि हुन् । सिलवाल नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले निलम्बन गर्नु अघि राखेपद्वारा गठित क्यान तदर्थ समितिका संयोजक समेत भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप