शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आगामी नोभेम्वर ३० भित्र एनआरएनए कार्यसमितिको निर्वाचन तथा महाधिवेशन गर्ने तयारी

सोमबार, ०१ कात्तिक २०७८, १९ : ३४
सोमबार, ०१ कात्तिक २०७८

गैरआवासीय नेपाली संघको ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले संघको १० औँ कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी नोभेम्बर ३० तारिख, २०२१, भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेकाे छ ।  अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिवार भर्चुअल माध्यमबाट बसेको बैठकले साे निर्णय गरेको हो । सो निर्वाचनलाई तोकिएको समयमा व्यवस्थित रुपमा सम्पन्न गर्न परराष्ट्र मन्त्रालय लगायत बिभिन्न सरोकारहरुसँग छलफल गरि महाधिवेशनको वातावरण तयार गर्न अध्यक्ष कुमार पन्तलाई जिम्मा दिने निर्णय गरेको छ ।  

बैठकले गैरआवासीय नेपाली संघको विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिनाको लागि थप गर्ने निर्णय गरेको छ । बैठकले संघको महाधिवेशन प्रतिनिधिहरुको सम्बन्धमा आएका गुनासाहरूलाई सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा टिओआर सहित एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावको आधारमा आएका प्रतिनिधिहरुको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय गरेको छ ।  

'गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधिहरूका सम्बन्धमा आएका गुनासाहरूलाई सम्वोधन गर्न संघ सक्षम रहेको र संघको मुल्य, मान्यता र गरिमालाई उच्च राख्न छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गरि नेतृत्व हस्तान्तरण गर्न वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको जानकारी गराइन्छ साथै संघको महाधिवेशन सम्म संयमित हुन सबै पक्षप्रति आग्रह गर्दछौँ,'  
प्रवक्ता डि.बि क्षेत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप