शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रोहितको ‘नेप्टे’

सोमबार, ०१ कात्तिक २०७८, १९ : ४३
सोमबार, ०१ कात्तिक २०७८

दयाहाङ राई र रोहित रुम्बाको मुख्य भूमिका रहेको फिल्म ‘नेप्टे’ ले सार्वजनिक प्रदर्शनमा राम्रो दर्शक नपाए पनि युट्युबमा भने राम्रो भ्युज पाउन सफल भएको छ । दसैँको अवसर पारेर ११ अगष्टमा युट्युबबाट सार्वजनिक फिल्म केही दिनयता लगातार युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । समाचार तयार गर्दासम्म करिब १६ लाख बढी दर्शक पाएको फिल्मले ३५ हजार लाइक र १६ सय डिसलाइक पाएको छ । हेर्नेले फिल्मलाई सकारात्मक प्रतिक्रिया नै दिएका छन् ।

आर. रोशनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको ‘नेप्टे’मा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका कलाकारको मुख्य भूमिका छ । अभिनेतासमेत रहेका रोहित रुम्बाकै लगानीमा बनेको फिल्मलाई देबकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । अभिनेता दयाहाङ राईले यस फिल्म मार्फत पहिला पटक खलनायकको अभिनय पस्किएका छन् ।

रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, हरि लामा घलेको छायांकन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज र रोहित रुम्बाको संगीत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप