भारतमा कोरोनाका सक्रिय सङ्क्रमित ०.५६ प्रतिशत
पछिल्लो एकदिनमा भारतमा १९ हजार ५८२ जना कोरोना सङ्क्रमित यस रोगबाट मुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको कूल संख्या ०.५६ प्रतिशत मात्र रहेको भारतको परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सोमबार दिएको रिपोर्टअनुसार हाल कोरोनाबाट निको भएकाहरु कूल कोरोना सङ्क्रमितको ९८.१२ प्रतिशत रहेका छन् । यसैसँगै भारतमा अहिलेसम्म कोरोनामुक्त सङ्ख्या तीन करोड ३४ लाख ३९ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाएको छ ।
भारतमा पछिल्लो एक दिनमा १३ हजार ५९६ जना थप व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४० लाख ८० हजार भन्दा बढी पुगेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ८९ हजार पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२१ दिन यताको सबैभन्दा कम भएको समाचारमा जनाइएको छ ।
यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ५२ हजार ९३१ जनाको सो भाइरसका कारण मृत्यु भएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै