सुदूरपश्चिममा थप १२ जनामा कोरोना सङ्क्रमण
सोमबार, ०१ कात्तिक २०७८, २१ : ४३
सुदूरपश्चिम प्रदेशमा सोमबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ४२१ जनाको नमूना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
दश जनामा आरटी पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा पाँच÷पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कैलाली र बाजुरा एक÷एक जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरका ६७ वर्षीय पुरुष र कैलालीका ६० वर्षीय पुरुष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै