शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा फेरि बढ्यो कोरोना, एकैदिन ५० हजार संक्रमित

मङ्गलबार, ०२ कात्तिक २०७८, ०७ : २१
मङ्गलबार, ०२ कात्तिक २०७८

बेलायतमा पछिल्ला दिनहरुमा  कोरोना संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । विगत केहि दिनयता दैनिक ४० हजारको हाराहारीमा संक्रमण भएपनि आइतबार यो संख्या झन्डै ५० हजार पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको आइतबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ४९ हजार १५६ संक्रमित फेला परेका छन् ।

 बेलायत सरकारले यात्रा प्रतिबन्धसम्बन्धी लागू गरेको ट्राफिक सिस्टम हटाएका कारण संक्रमण दर उच्च भएको अधिकारीहरुले बताएका छन् । हाल बेलायतमा ३५ देखि ५५ वर्ष उमेर समूहमा कोरोना संक्रमण बढी देखिएको तथ्यांकले देखाएको छ । अघिल्लो हप्ताको तुलनामा संक्रमित संख्या २० प्रतिशतले बढेको हो । सोमबारमात्र सरकारले आउने जाडोयामको  समय निकै चुनौतिपूर्ण हुने बताएको थियो ।  बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८४ लाख ९७ हजार ८६८ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा ४५ जनाको मात्र ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एकसातामा बेलायतमा ८६९ जना संक्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३८ हजार ६२९ पुगेको छ ।

गएको एक सातामा संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या ८.१ प्रतिशतले बढेको छ । पछिल्लो २४ घन्टामा ९१५ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ७ हजार ९७ रहेको छ । यस्तै ७९१ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९४ लाख २२ हजार ७५३ जना अर्थात ८५.९ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५३ लाख ७७ हजार ४११ जना अर्थात ७८.९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप