तीन महिनामा १४ प्रतिशतमात्र खर्च
मंगलबार, ०२ कार्तिक २०७८, ०७ : २९
सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को तेस्रो महिनामा एक १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गरेको छ । चालू वर्षको पहिलो दुई महिनामा ८९ अर्ब रुपैयाँ मात्र खर्च गरेको सरकारले असोज महिनामा भने झण्डै डेढ खर्ब रुपैयाँ खर्च गरेको हो ।
यससँगै पहिलो त्रैमासमा सरकारले दुई खर्ब ३४ अर्ब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन लक्ष्यको १४.३ प्रतिशत हो । पुँजीगत खर्चको भुक्तानी हुँदै गएको तथा चाडवाड लक्षित खर्च बढेका कारण असोज महिनामा धेरै बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता नवराज ढुंगेलले बताए । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश : अर्थ मन्त्रालयको असहयोगका कारण अवैध रकमान्तर छानबिनमा ढिलाइ
-
एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का
-
राष्ट्रभाषा ऐन सम्बन्धी प्रदेश सांसदसँग छलफल
-
मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति
-
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
-
रौतहटमा प्रहरीद्वारा १२ लाखको अवैध सामान बरामद