शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्र आइपुग्ने

मङ्गलबार, ०२ कात्तिक २०७८, ०७ : ३२
मङ्गलबार, ०२ कात्तिक २०७८

लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन ।

‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरीद गरिएको र कार्ड अर्काे कम्पनीबाट खरीद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले बताएको छ । अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको महानिर्देशक नमराज घिमिरेले बताए । ‘कम्पनीसँग कार्ड ल्याउने विषयमा कुराकानी भइरहेको छ,’ उनले भने ।     

चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले बताएको छ । विभागले चाँडो ल्याउन सहजीकरण गरिदिने भएको छ । अहिले १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने र आगामी दिनमा पनि त्यही समस्या दोहोरिन नदिन ध्यान दिइने महानिर्देशक घिमिरेले बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप