देशैभर डुब्यो धान : सबैभन्दा बढी सुदूरपश्चिम र पूर्वमा क्षति
कात्तिकको सुरुमा परेको पानीले देशव्यापी रूपमा धानबालीमा ठूलो क्षति पु¥याएको छ । सबैभन्दा बढी सुदूरपश्चिम र क्रमशः पूर्वमा क्षति पुगेको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान मारमा परेका छन् ।
सुदूरपश्चिम क्षेत्रको अन्न भण्डारका रूपमा परिचित कैलाली र कञ्चनपुर जिल्लामा मनसुन सकिएपछि फर्केको वर्षाले धानबालीमा ठूलो नोक्सान भएको छ । आइतबारदेखि लगातार वर्षा भइरहेको छ । कैलालीमा ५० प्रतिशत धान अझै खेतमा रहेको छ भने कञ्चनपुरमा ३० प्रतिशत काट्न बाँकी छ । कैलालीमा क्षतिको यकिन हुन नसकेको भए पनि कञ्चनपुरमा १० देखि १५ प्रतिशत धानमा क्षति पुगेको अनुमान छ ।
कालीकोटका विभिन्न स्थानका खेतमा पाकेर काटेको मार्सी धान खेतमै डुबेको छ । गएरातिदेखि परेको निरन्तरको पानीले गर्दा काटेको धान खेतमै डुबेको हो । बादल मडारिएको देखे पनि किसानले कात्तिकमा खासै पानी पर्दैन भन्ने पुरानो अनुभवले खेतमा धान काटेर एकैनासले सुकाएका थिए ।
धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिणी क्षेत्रमा विशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानका खेतमा धान पाकिसकेको थियो । रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगायतका स्थानीय तहमा अहिले धान काटेको अवस्थामा खेतमै डुबेको छ भने थोरैले मात्र उठाउन भ्याए ।
झापामा दुई दिनदेखि लगातारको हावाहुरीसहितको वर्षाका कारण पसाउन लागेको धानमा क्षति पुगेको छ । दमक–३ का सुकदेव लुइँटेलका अनुसार पसाउन लागेको धानबालीमा हावाहुरीले ठूलो क्षति पु-याएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले विपन्न महिलाहरूको ऋण मिनाहा हुने कार्यक्रम ल्याउने
-
सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति सिंह
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
-
केही समयपछि कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा
-
लगानी सम्मेलन : प्रदेशका आयोजनाको पनि ‘शो केस’ मा राखिने
-
४९ रनमा आउट भए आयरल्यान्डका ओपनर पिटर मुर, आरिफ शेखले बोल्ड गरे