ad

मेस्सीलाई उछिन्दै अन्सु फातीले बनाए यस्तो रेकर्ड

person explore access_timeकात्तिक २, २०७८ chat_bubble_outline0

अन्सु फाती किशोरावस्थामै निकै उत्कृष्ट देखिएका छन् । बार्सिलोनाका पूर्व कप्तान लियोनेल मेस्सीले लगाउने गरेको १० नम्बर जर्सी अहिले उनी लगाउँछन् । त्यसैले, धेरैलाई अन्सुलाई मेस्सीको उत्तराधिकारीका रूपमा लिएका छन् ।


के अन्सु साँच्चै अद्भुत छन् ? अहिलेसम्मको तथ्याङ्कले यस्तै भन्छ । उनले बार्सिलोना र स्पेनको राष्ट्रिय टिमबाट निकै उत्कृष्ट खेलिरहेका छन् । भ्यालेन्सियाविरुद्ध उनले यस्तै उत्कृष्ट खेल देखाउँदै दर्शनीय गोल गरे । यससँगै १९ वर्षको उमेर पुग्नअघि उनले १३ गोल गरिसकेका छन् ।



यो मेस्सीको भन्दा राम्रो रेकर्ड हो । १९ वर्ष पुग्नअघि बार्सिलोनाका लागि बोजान किर्रिकले १२ र लियोनेल मेस्सीले ७ गोल गरेको इतिहास छ । फातीले आफ्नो डेब्यु सिजनमै सात गोल गरेका थिए । गत सिजन चोटका कारण उनले धेरै खेल गुमाए, त्यसका बाबजुद ४ गोल उनको नाममा रह्यो । यस सिजन लियोनेल मेस्सी, एन्टोनियो ग्रिजमानलगायत स्टार खेलाडी बार्सिलोनामा छैनन् । र, १९ वर्षीय फाती अहिले टिमका महत्त्वपूर्ण खेलाडी हुन् ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।