मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

६५ वर्षमा सनी देओल : एक फिल्म खेलेको १० करोडसम्म लिन्छन् पारिश्रमिक

मङ्गलबार, ०२ कात्तिक २०७८, १० : ११
मङ्गलबार, ०२ कात्तिक २०७८

बलिउडमा एक्सन हिरोका रुपमा प्रसिद्धि कमाएका सनी देओल आजबाट ६५ वर्षमा प्रवेश गरेका छन् । सनीका बाबु धमेन्द्र ७० को दशकमा सुपरस्टार थिए । १९८३ मा बेताब फिल्मबाट डेब्यु गरेका सनीले ९० को दशकमा आइपुग्दा आफ्नो एक्सनमार्फत करोडौं   फ्यानहरुको मन जिते ।

सनी देवलले करोडौंको  सम्पत्ति पनि जोडेका छन् । उनले एउटा फिल्म खेलेबापत ८ देखि १० करोड भारु लिने गरेका छन्  । उनी झन्डै ३ सय ५० करोड भारु सम्पत्तिका मालिक हुन् । सनीले अभिनयमार्फत मात्रै होइन, आफ्नो प्रडक्सन हाउसमार्फत पनि राम्रो आम्दानी गर्ने गरेका छन् । यस प्रडक्सन हाउसको नाम ‘विजेता फिल्म्स’ होे । सनीले फिल्मबाहेक विज्ञापन पनि खेल्छन् र विभिन्न कम्पनीहरुका सामाग्रीहरुको ब्रान्डिङ पनि गर्छन् । एउटा कम्पनीको ब्रान्डिङ गरेबापत उनले झन्डै २ करोड भारु लिन्छन् ।

मुम्बईको जुहु इलाकामा सनीका नाममा शान्दार बंगला छ । यसबाहेक पञ्जामा सनीको पैतृक सम्पत्ति पनि छ । त्यसैगरी बेलायतमा पनि उनको शानदार घर छ । सनीले बेलायतस्थित आफ्नो घरमा केही फिल्मको सुटिङ पनि गरिसकेका छन् । उनीसँग धेरै विलासी गाडीहरु पनि छन् । जसमा पोर्शे, ओडी ८ र रेन्ज रोभरजस्ता विलासी गाडी समावेश छन् ।

सनी निकै भद्र र लजालु छन् । उनी मिडिया र फिल्मी पार्टीहरुबाट टाढै रहन्छन् । आफ्नो परिवारलाई पहिलो प्राथमिकतामा राख्छन् । सनीलाई आमाको माया निकै लाग्छ र उनले आमालाई आफुसँग राखेका छन् ।
सनीकी पत्नी पुजा पनि चर्चा र विवादबाट टाढै रहन्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप