नेपालीको रेस्टुरेन्टलाई युरोपमा अवार्ड
यूरोपेली मुलुक पोल्याण्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले "सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१"अवार्ड प्राप्त गरेको छ । स्नेहाज टच अफ इण्डिया नेपाली व्यवसायी संघ पोल्याण्डका संस्थापक सदस्य व्यवसायी नरेश सापकोटाद्वारा सञ्चालित रेष्टुरेण्ट हो। पोल्याण्डको प्रख्यात कम्पनी ओरवेद्वारा स्नेहाजलाई पोल्याण्डको होज प्रान्तको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ को अवार्ड प्रदान गरेको हो। कुल १० अङ्कमा हुने मूल्याङ्कनमा स्नेहाजले ९ दशमलव ७ अङ्क प्राप्त गरेको सापकोटाले बताए। ‘विदेशी भूमिमा विदेशीहरुसँग प्रतिस्पर्धा गरेर अवार्ड पाउँदा गौरवको महसुस गरेको छु’, उनले भने ।
विगत १७ वर्षदेखि सपरिवार पोल्याण्डमा बस्दै आएका सापकोटा पोल्याण्डमा सफल नेपाली व्यवसायी मानिन्छन्। उनको सोही स्नेहाज टच रेस्टुरेन्टले पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनी पिएसनेद्वारा प्रदान गरिने होज प्रान्तको 'सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०' को अवार्ड पनि प्राप्त गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय समयमा अन्यत्र काम गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी