शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सहायक श्रीमान्’लाई युरोपमा अवार्ड

मङ्गलबार, ०२ कात्तिक २०७८, १२ : १८
मङ्गलबार, ०२ कात्तिक २०७८

बहुपति प्रथाको विषयमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले युरोपको स्लोभाकियाको पोपरोडमा आयोजित २९ औं इन्टरनेशनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्मस् पोपराडमा ‘अनरेवल मेन्सन अवार्ड’ जित्न सफल भएको छ । अवार्डको घोषणा गर्दै निर्णायक मण्डलले नेपालको अद्वितीय बहुपतीय प्रथाका बारेमा वृत्तचित्रमा संवेदनशील र उत्कृष्ट प्रस्तुति गरेका कारण अवार्ड प्रदान गरिएको बताएका थिए । महोत्सवमा १७ वटा देशका ४४ फिल्म प्रतिस्पर्धामा थिए । 

‘विभिन्न देशको फिल्मबीचको प्रतिष्पर्धामा पुरस्कृत हुनु आफैमा गर्वको कुरा हो । अन्तर्राष्ट्रिय जुरी र दर्शकका सामु अवार्ड थाप्न पाउँदा निकै खुसी लागेको छु, यसले आगामी दिनमा थप सिर्जनात्मक कार्यका लागि प्रोत्साहित गरेको छ’ निर्देशक पाण्डेले भने ।

गत वर्ष रसियामा आयोजित १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल ‘सहायक श्रीमान’ को यो तेस्रो अन्तर्राष्ट्रिय अवार्ड हो । ‘सहायक श्रीमान’ अक्टोबर २३ तारिख अमेरिकाको सियाटलस्थित तस्वीर साउथ एशियन फिल्म फेस्टिबलमा पनि प्रदर्शन हुँदैछ ।

३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका छन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखक तथा निर्देशन पाण्डे नै  हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप