शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्‍यो प्रतिनिधिसभाको बैठक

मङ्गलबार, ०२ कात्तिक २०७८, १८ : ५०
मङ्गलबार, ०२ कात्तिक २०७८


आगामी कार्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ दिन पर सारिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै कार्तिक ११ गते बिहिबार दिउँसो २ बजेसम्मका लागि बैठक सारेका हुन् । 

मंगलबार एक सूचना प्रकाशन गर्दै संघीय संसद सचिवालयले कार्तिक ९ गते दिउँसो १ बजे बस्ने निर्धारण भएको प्रतिनिधिसभाको बैठक सो दिन बस्न नसक्ने जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम कार्तिक ११ गते बिहिबार दिनको २ बजे बैठक बस्ने गरी बैठक निर्धारण गरेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।  

नवौं अधिवेशन अन्तरगत गत भदौ २३ गतेदेखि सुरु यो अधिवेशनको पहिलो बैठकदेखि नै एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ । आफ्नो दलले कारवाही गरेका १४ सांसदलाई जोगाएर पार्टी फुटाउन सभामुखले सहयोग गरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको हो । एमाले र सभामुख बीचको यो विवादको छिनोफानोका लागि अहिलेसम्म कुनै छलफल सहमति हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप