सरकारसँग सहमति भएसँगै अनसनरत रुवी खानले तोडिन् अनसन
मङ्गलबार, ०२ कात्तिक २०७८, १५ : २८
सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको हो ।

सरकारले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउनेछ । सहमति लगत्तै गृह मन्त्रालयका पदाधिकारीहरू त्रिवि शिक्षण अस्पताल पुगेर रुवी खानको अनशन तोडाएका हुन् । खानको अनसन तोडाउन गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल र मानवअधिकारकर्मी मोहना अन्सारी त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

उक्त प्रकरणमा अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जबाट रुवी खानसहितका महिला अधिकारकर्मीहरू काठमाडौँ आएर आमरण अनसन बसेका थिए । आन्दोलनको नेतृत्व खानले गरेकी थिइन् । उनी ११ दिनदेखि आमरण अनशनमा थिइन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण