शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से राताम्ये ! ७७.३३ अंकको पहिरो

मङ्गलबार, ०२ कात्तिक २०७८, १५ : ३४
मङ्गलबार, ०२ कात्तिक २०७८

आज नेपालको शेयर बजारमा ७७.३३ अंक गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५१०.७३ अंकमा झरेको छ । सबै उप–सूचकांकहरू राताम्ये छन् । ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९९५ रुपैयाँमा कारोबार भएको छ । 

सेन्सेटिभ इन्डेक्स १३.२८ र फ्लोट इन्डेक्स ५.२९ अंक घटेको छ । फाइनान्स समूहको शेयरमा सबैभन्दा बढी ५.९ प्रतिशत गिरावट निम्तिएको छ । जलविद्युतमा ४.४७ र विकास बैंक समूहमा ४.१४ प्रतिशत गिरावट देखिएको छ । 

लगानीयोग्य रकम (तरलता) अभाव भएपछि बैंकहरूले ब्याजदर बढाउँदा नेपालको पूँजीबजार थप घटेको हो । बैँकहरूबीच ब्याजदर बढाउने प्रतिष्पर्धा हुँदा निक्षेपमा ११ प्रतिशतभन्दा पनि धेरै ब्याजदर प्रस्ताव गरेका छन् ।

निक्षेपमा ब्याजदर बढ्दा कर्जामा पनि स्वतः बढ्छ । जसकारण धेरै कर्जा लिएर शेयरमा लगानी गरेका लगानीकर्ताले उच्च ब्याज तिर्नुपर्ने हुन्छ । घट्दो बजारमा बैंकको उच्च ब्याज तिर्नुपर्ने डरले लगानीकर्ताको मनोबल हतोत्साहित हुँदा बजार साढे १ बजेसम्ममा १०१.९२ अंकले घटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप