बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुने

मङ्गलबार, ०२ कात्तिक २०७८, १५ : ४९
मङ्गलबार, ०२ कात्तिक २०७८

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ । यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ । तर सो वार्तामा आफू सहभागी नहुने अफगान विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन्– ‘केही प्राविधिक कारणहरूले गर्दा रुसले आयोजना गरेको त्यस वार्तामा हामी सहभागी हुन सक्दैनौँ ।’ तर ती के प्राविधि कारण हुन् भन्ने बारेमा भने उनले केही बताएका छैनन् । उता रुसका विदेशमन्त्रीले भने यसै हप्ता रुसले अफगानिस्तानका विषयमा वार्ताको आयोजना गरेको र त्यसमा अमेरिकालाई पनि आमन्त्रण गरिएको बताएका थिए । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप