शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु

मङ्गलबार, ०२ कात्तिक २०७८, १६ : २५
मङ्गलबार, ०२ कात्तिक २०७८

गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १ हजार ४३ जनामा गरिएको नमूना परिक्षणमा १४५ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ७० महिला ७५ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ८८,बागलुङ १३, स्याङ्जा २४, म्याग्दी ३,पर्वत ५,गोरखा २ तनहुँ ७ र नवलपरासी पूर्वमा ३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८६ हजार ७३९ पुगेको छ । 

गण्डकीमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका –१० का ४४ बर्षिय कोरोना संक्रमित पुरुष,पोखरा–२७ की ५० बर्षिय महिला, पोखरा–११ का ७२ बर्षिय पुरुष, पोखरा– ६ का ६३ बर्षिय पुरुष र पोखरा–१२ का ३३ बर्षिय पुरुष रहेका छन् । मृतक सवै कास्की जिल्ला अन्तरगत पोखरा महानगर क्षेत्रका हुन् । उनीहरु सवैको पोखरास्थित विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा ४८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ८८५ पुगेको छ ।  
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४६६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप