प्रदेश १ : थप १२० मा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा पाँच, सङ्खुवासभामा दुई, पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण भएको हो ।
स्थानीय पालिकाका अनुसार झापाको विर्तामोडमा ११, दमकमा सात, बुद्धशान्ति र कनकाईमा पाँच÷पाँच, गौरादहमा तीन, भद्रपुर र मेचीनगरमा दुई÷दुई, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका एक÷एक, मोरङको विराटनगरमा २०, कटहरीमा तीन, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा दुई÷दुई, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका एक÷एक, सुनसरीको धरानमा आठ, इटहरीमा चार, दुहवी, बर्जु, गढी र बराहक्षेत्रमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै इलामको इलाम नगरपालिकामा चार र चुलाचुलीमा एक, सङ्खुवासभाको चैनपुर र स्थानीय तह नखुलेका एक÷एक, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेह्रथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा एक÷एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आजै ८९ महिलासहित १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन महिलासहित नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति